आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

चितवन सहित बिभिन्न क्षेत्रमा भारीवर्षा


Thumbnail
  • आक्रमण न्युज
  • २०८१ भाद्र १६, आईतबार मा प्रकाशित १ महिना अघि
  • ३६ पाठक संख्या
  • १६ भदौ, चितवन ।
    चितवनका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण बाढी र डुबानको समस्या देखिएको छ । भरतपुर महानगरपालिका १० मा पर्ने स्याउली बजारमा भलले गर्दा केही घण्टासम्म बाटो बन्द भएको थियो । हाकिम चोकबाट नेपाल विद्युत् प्राधिकरणको कार्यालयतर्फ जाने बाटो जलमग्न भएको थियो ।
    बाटो किनारका घर र पसलहरुमा पनि भेलबाढी पसेको थियो । सडकमा आउ–जाउ बन्द भएको थियो । अहिले भने त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार कालिका नगरपालिकाको बुई खोला किनारका केही झुप्रा घरहरुमा पनि बाढी पसेको थियो । तर त्यहाँ जोखिम भनेनरहेको र कसैलाई पनि स्थानान्तरण गर्नुपर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

    बागमती लगायत गण्डकी र लुम्बिनी प्रदेशमा पनी हल्कादेखि मध्यम वर्षा भइरहेको छ। चितवनको देवघाटमा पछिल्लो एक घन्टामा ३३।४ मिलिमिटर वर्षा भएको छ।चितवनको माडी कल्याणपुरमा ४५।६ मिलिमिटर वर्षा भएको छ।त्यस्तै मकवानपुरको हात्तीसुँडेमा पनीभारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट