आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

आ.वि.कोहिलाहामा दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • १३७ पाठक संख्या
  • चितवन। समाज सुधारका लागि युवाको सक्रियता , भन्ने मुल नाराका साथ आधारभूत बिद्यालय कोहिलाहामा मानव वेचबिखन तथा लागु औषध दुव्र्यसनी सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।मुस्कान जीवन समूहको आयोजनामा शुक्रवार विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रम संयोजक मित्रप्रसाद चापागाईको अध्यक्षमा सन्चालन गरिएको थियो भने कार्यक्रम संस्थाका सचिव विजय शर्माले सञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा पचासी बढी विद्यार्थीको सहभागिता रहेको थियो।
    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं। २६ का जनप्रतिनिधि सावित्री कोइराला ढकाल ले विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी तथा कानुनी सचेतना सम्बन्धी ज्ञान दिंदा दुव्र्यसन न्यूनिकरण गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामभक्त वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम ध्यान चौधरी लगायतले बोल्नु भएको थियो । भरतपुर महानगर पालिका वडा नं २६ का प्रशासन प्रमुख तथा सचिव र
    ईलाका प्रहरी कार्यालय चनौलीका प्रहरी नायव निरीक्षक तारा प्रकाश रिमालले प्रशिक्षण दिंदै लागुऔषध दुव्र्यसनमा लाग्नु हुने पारिवारिक, सामाजिक र कानुनी समस्याका बारेमा जानकारी दिनु भएको थियो । उहाँले लागुऔषधको लतमा लागेपछि छुटाउन कठिन हुने भन्दै सचेत भई यस्ता क्रियाकलापमा संलग्न हुन नहुने बताउनुभयो । उहाँले लागुऔषधको प्रयोग र ओसार पसार गर्नेलाई कडा कानुनी कारवाही हुने जानकारी दिनुभयो ।
    कार्यक्रममा विद्यार्थीहरुले कार्यक्रम अत्यन्तै सान्दर्भिक भएको भन्दै प्रशंसा गरेका थिए । सोही अवसरमा रेश्मा महतोको संयोजकत्वमा ०७ सदस्यीय “मुस्कान लाईफ ग्रुप विद्यालय समन्वय समिति” समेत गठन गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट