आज: २०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

हिजो सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने


  • आक्रमण न्युज
  • २०८३ अषाढ ९, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • ७ पाठक संख्या
  • चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजवाट सुरू हुने भएको छ।

     

    हिजोवाट नै सुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि चयन र प्रतिनिधि पासमा समस्या देखिएकाले सम्भवः नभए पछि एकदिन ढिलो गरी आजवाट सुरू हुन लागेको हो ।

    पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले मंगलबार एक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड छपाइ गर्ने कार्यमा सोचेभन्दा बढी समय लागेकाले हिजोको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिएको थियो ।

     

    जारी सूचनाअनुसार हिजो साँझ ७ः०० बजेदेखि नै प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु भइसकेको र थप प्रतिनिधिको बाँकी कार्डहरू आज बिहान ७ बजेदेखि वितरण गरिने जनाइएको छ। सबै प्रतिनिधिहरूले कार्ड प्राप्त गरिसके पछि मात्र बन्दसत्रको औपचारिक कार्यक्रम सुरु हुनेछ।

     

    पार्टीले महाधिवेशनलाई आफ्नो सर्वोच्च निकायका रूपमा लिएको भन्दै प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नहोस् भन्ने कुरामा प्रतिबद्ध रहेको जनाएको छ।

     

    साथै, यस ढिलाइका कारण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति पार्टीले क्षमायाचना गर्दै धैर्यता र सहयोगका लागि आग्रहसमेत गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट