Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक १९, बिहिबार | Thu, 05, Nov, 2026

सरकारलाई विपक्षी दलका नेता आङ्देम्बेको प्रश्न- १७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १९, बिहिबार मा प्रकाशित ३0 मिनेट अघि
  • १४ पाठक संख्या
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजिपी परिवर्तन हो भनेर सरकारसँग जवाफ मागेका छन् ।

    ‘भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरु पीडामा छन् । विस्थापित सुकुम्बासीको बेहाल छ । महंगीले जनजीवन आक्रान्त छ । देश गम्भीर संकटतिर फस्दैछ । तर, सरकारको प्राथमिकता आईजीपी हटाउनेमा भयो । सरकारले जवाफ दिनुपर्छ( प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइयो ?’ बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आङ्देम्बेले सरकारसँग माग गरेका छन् ।

    सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्ने, तर रास्वपाकै प्रवक्ताले पार्टीको निर्देशन नभएको बताउनुले सरकार कसको निर्देशनमा चलिरहेको छ ? भनेरसमेत उनले सोधेका छन् ।

    ‘सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? अझ गम्भीर विषय एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गर्छ, तर उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुग्छ। अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’ उनले भनेका छन् ।

    जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको, त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि भएको उल्लेख गर्दै उनले सत्ता शक्तिको दुरुपयोग गर्न र प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न नभएको जनाएका छन् । ‘र, अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनले भनेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑