Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक १९, बिहिबार | Thu, 05, Nov, 2026

तिहारको पूर्वसन्ध्यामा तोलामा १३ हजारले बढ्यो सुनको मूल्य


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १९, बिहिबार मा प्रकाशित ३२ मिनेट अघि
  • १६ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ ह्वात्तै बढेको छ । तिहारको पूर्वसन्ध्यामा सेतो र पहेंलो धातुको भाउमा उच्च् वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १३ हजार तीन सय रुपैयाँले वृद्धि भएर दुई लाख ८८ हजार नौ सय रुपैयाँ पुगेको छ ।

    बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७५ हजार ६ सय रुपैयाँ थियो ।

    आज चाँदीको मूल्य तोलाको २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँ पुगेको छ । बुधबार एक तोला चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑