Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

उज्यालो टाइम्सको भित्तेपात्रोको बिमोचन


  • आक्रमण न्युज
  • २०८१ बैशाख १, शनिबार मा प्रकाशित २ साल अघि
  • ८७५ पाठक संख्या
  • वैशाख १, २०८१

    चितवन । उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नयाँ बर्षका अबसरमा प्रकाशनमा ल्याएको भित्ते पात्रोको बिमोचन गरिएको छ ।

    उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा भित्ते पात्रोको बिमोचन गरिएको हो । भित्ते पात्रोको बिमोचनमा बोल्ने वक्ताहरुले उज्यालो टाइम्स मिडियाले समाचार र सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गरेका थिए ।

    कार्यक्रममा उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टले नयाँ बर्षले सबैमा उप्साह उमंग प्रदान गराउने बिश्वास सहित जनतालाई सत्य तथ्य समाचार पस्कदै सुसूचित गराउदै आएको बताउनुभयो ।

    अध्यक्ष भट्टले नयाँ बर्षका अबसरमा देश बिदेशमा रहनुभएका समस्त नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनीहरुमा सु स्वास्थ्य, दिर्घायु र सुख शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।

    कार्यक्रममा उज्यालो टाइम्सका प्रबंध निर्देशक राकेशमान श्रेष्ठ, निर्देशकहरू अनिल कुमार श्रेष्ठ, कपिलसागर कर्माचार्य, राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    भरतपुरको हाकिम चोकमा मुख्य कार्यालय रहेको उज्यालो टाइम्सले नयाँ बर्षका अबसरमा भित्ते पात्रो प्रकाशनमा ल्याउदै आइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑