आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली


  • आक्रमण न्युज
  • २०८१ बैशाख ५, बुधबार मा प्रकाशित ५ महिना अघि
  • १७६ पाठक संख्या
  • वैशाख ५, २०८१
    दाङ । दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ । सम्राट सिमेन्ट उद्योगले करिब ६ करोड रुपियाँ विद्युत महसुल बुझाउन आनाकानी गरेपछि उद्योगमा जडान गरिएको विजुली काटिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिनुभएको छ ।

    नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रअन्तर्गत रहेको सम्राट सिमेन्ट उद्योगको मंगलबारदेखि विजुली काटिएको हो । लमही वितरण केन्द्रका प्रमुख रावतका अनुसार नियमित बुझाउनुपर्ने ६ करोड बढी विद्युत महसुल उद्योगले गत माघ महिनादेखि बुझाएको छैन ।

    नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख रावतले भन्नुभयो, ‘उद्योगको ३६ करोड बढी विद्युत बक्यौता बुझाउन बाँकी रहेको छ । पुरानो बक्यौता विवादका कारण अदालतमा मुद्दा परेको र छानबिनको काम भइरहेको छ तर उद्योग माघ महिनादेखि नियमित विद्युत महसुल बुझाउन अनाकानी गरेपछि बिजुली काटिएको छ।’

    विद्युत काटिएपछि उद्योगका प्रतिनिधि सम्पर्कमा आएको र विद्युत महसुल बुझाउने भनेपनि नबुझाएको कार्यालय प्रमुख रावतले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट