आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

अखिल क्रान्तिकारीले लियो आगजनीको जिम्मा


  • आक्रमण न्युज
  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित १0 महिना अघि
  • ४२५ पाठक संख्या
  • वैशाख ३०, २०८१
    चितवन । भरतपुर स्मल हेभन स्कुलुको बसमा भएको आगजनी घटनाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी ले जिम्मा लिएको छ। सो संगठनको चितवन जिल्ला संयोजक सुमना द्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत घटनाको जिम्मेवारी लिइएको हो । आज विहान विद्यार्थी लिन शुक्रनगर तर्फ जार्दैगरेको अवस्थामा सो घट्ना घटेको थियो ।


    तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरु सबै जना फरार छन् । बस जलेर पूर्ण रुपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।

    घट्नापछि मानव अधिकार सञ्जाल चितवन लगायत विभिन्न संघ संस्थाहरुले दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रेस विज्ञप्ती जारी गरेका थिए ।

    भरतपुर महानगर पालिका वडा न २०, द्रद्रेनी, शुक्रनगरमा उक्त घट्ना भएको हो । आगजनी भएको वस बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट