आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

करीव ३० हजार किलो चिनीसहितको ट्रक नियन्त्रणमा


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १0 महिना अघि
  • २७० पाठक संख्या
  • जेष्ठ २, २०८१
    काठमाडौँ । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
    बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले ट्रकमा जाँच गर्दा मकै र गहुँले छोपीएको अवस्थामा उल्लेखित चिनी फेला परेको हो । साथै १८ वटा बोरामा रहेको ९ सय ९० के।जी। मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के।जी। गहुँ समेत बरामद गरिएको छ ।
    बरामद चिनी, मकै, गहुँ र ट्रकसहितको भन्सार दाखिला मुल्य ४५ लाख २५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट