
चितवन,२०८१ मंसिर २९
लोटस एकेडेमी भरतपुर, चितवनद्वारा आयोजित अन्तर विद्यालय जिल्ला स्तरीय छात्रा बास्केटबल प्रतियोगिता–२०८१मा स्मल हेभन ईङ्लिस स्कुल, कल्याणपुर प्रथम भएको छ । प्रतियोगितामा लोटस एकेडेमी भरतपुर समूह (बि) द्वितीय र समूह (ए)ले तृतीय स्थान प्राप्त गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा १६ ओटा समूहको सहभागिता रहेको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.–११का वडा अध्यक्ष कमल बहादुर मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारी, लोटस एकेडेमी भरतपुरका प्रिन्सिपल ठाकुर प्रसाद रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस