आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

डिल्लीबजारमा युवालाई लक्षित गर्दै तीन दिने शेयर बजार तालिम सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ बैशाख २०, शनिबार मा प्रकाशित १ साल अघि
  • २६२ पाठक संख्या
  • काठमाडौं । रोटरी क्लब अफ डिल्लीबजारले डिल्लीबजार कन्या क्याम्पसका स्नातक तहमा अध्ययनरत छात्राहरुलाई लक्षित गर्दै तीन दिने लगानी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। शेयर बजारसम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममार्फत युवाहरुलाई शेयर बजारका फाइदा, जोखिम र सम्भावित लगानीका क्षेत्रहरुको बारेमा जानकारी प्रदान गरिएको हो।

    कार्यक्रममा ८० भन्दा बढी छात्राहरुको सहभागिता रहेको थियो। प्रशिक्षण दिने व्यक्तिहरुमा मुक्ति अर्याल, अर्जुन तिमिल्सिना, प्रेम ओली र रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सागरनिधि तिवारी रहेका थिए।

    रोटरी क्लबका निवर्तमान अध्यक्ष इन्दिरा पराजुलीका अनुसार, युवाहरुमा बढ्दो शेयर बजारप्रतिको रुचिलाई ध्यानमा राखी अवधारणात्मक स्पष्टता, कानुनी व्यवस्था र शेयर बजारबाट प्राप्त हुने फाइदाका साथै सतर्कता अपनाउनु पर्ने विषयमा प्रशिक्षण दिइएको हो।

    क्लबकी सन्ध्या राजभण्डारीले रोटरी क्लब अफ डिल्लीबजारले विगत २५ वर्षदेखि सामाजिक सेवा, शिक्षा, सहयोग तथा सशक्तिकरणका विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट