आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

भरतपुर अस्पतालमा नाबालिका मृत्यु प्रकरण : एमाले स्वास्थ्य विभाग चितवनको गम्भीर ध्यानाकर्षण


  • आक्रमण न्युज
  • २०८२ श्रावण १, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४२६ पाठक संख्या
  • चितवन । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर नाबालिकाको मृत्यु भएकोप्रति नेकपा एमाले चितवन स्वास्थ्य विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

    स्वास्थ्य विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बालबालिकाहरुका लागि खेल्न बनाइएको चिल्ड्रेन पार्कको आडैमा निर्माण गरिएको ढक्कनसमेत खुल्ला छोडिएको सो सेफ्टी ट्याङ्कीमा परी भरतपुर अस्पतालमै कार्यरत कर्मचारी दुर्गा वयाम्बो मगर ( विकास मगर) की पाँच वर्षीय नाबालिका छोरी अन्जना मगरको मृत्यु भएको घटनाले अस्पताल प्रशासनको गम्भीर लापर्वाही देखिएको छ ।’

    अस्पताल जस्तो संवेदनशील स्थानमा बालबालिकाका खेल्ने पार्कको नजिकै निर्माण गरिएको ट्याङ्कीको ढक्कन खुल्ला छोडिनु लापर्वाहीको पराकाष्टा नै रहेको विभागको ठहर छ ।
    घटनालाई ढाकछोप गर्न पीडित परिवारलाई अनावश्यक दबाब र अमूर्त आश्वासन दिएको भन्ने विषय प्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण रहेको र केन्द्रीय स्तरको अस्पतालमा न्यूनतम सुरक्षा मापदण्डको समेत ख्याल नगरिनु दुःखको कुरा रहेको स्वास्थ्य विभागका प्रमुख प्रकाश भट्टले विज्ञप्ति मार्फत जनाएका छन् ।

    उक्त विषयमा निष्पक्ष छानविन गरी कारबाही गर्न, मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति भरण गर्न र अस्पताल कम्पाउण्डभित्र पुर्याउनुपर्ने सुरक्षा मापदण्डका न्यूनतम सर्तहरूको पालना गरी अबका दिनमा यसप्रकारका ज्यानै जानेखालका घटना दोहोरिन नदिन नेकपा (एमाले) चितवन स्वास्थ्य विभागले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

    यसका साथै एमालेको अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले पनि एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनको लापरबाहीका कारण घटना हुन पुगेको बताएको छ । अनेरास्ववियु र युवासंघले आज एक विज्ञप्ति जारी गरी अस्पताल विकास समितिका अध्यक्ष र मेसुको राजीनामा माग्दै सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट