आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नेपाल स्वतन्त्र श्रमिक संगठन भरतपुर अस्पताल कमिटीको सातौं भेला सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ श्रावण १०, शनिबार मा प्रकाशित १ साल अघि
  • ६९६ पाठक संख्या
  • एलिशा तिमिल्सिना

    श्रमिक अधिकारको सशक्त आवाज उठाउन भेलाले नयाँ उत्साह थपेको सहभागीहरूको धारणा

    चितवन । नेपाल स्वतन्त्र श्रमिक संगठन भरतपुर अस्पताल प्रतिष्ठान कमिटीको सातौं भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ।

    भेलामा एकीकृत ट्रेड युनियन महासंघका चितवन जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य उदयचन्द्र अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो त्यस्तै कार्यक्रमका विशेष अतिथि केन्द्रिय सदस्य सूर्य गिरी र आसमान तमाङ हुनुहुन्थ्यो भने अतिथिहरूमा संजिता थापा मगर, गोपाल तिवारी र कमला न्यौपाने लगायत रहनु भएको थियो उक्त कार्यक्रम सञ्चालन रुद्रबहादुर सुनामले गर्नु भएको थियो ।

    उक्त भेलामा कान्छा अधिकारी, अमित अधिकारी, सिता देवी तिमिल्सिना, इन्दिरा थापा, विद्या पाण्डे, पानीसरा कुमाल, जमुना गुरुङ लगायत सयौं श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा श्रमिकहरूको हकहित, श्रमिकहरुलाई हेप्ने, दवाउने जस्ता काम तुरुन्त रोकिनु पर्ने, साथै श्रमिक माथी नर्सहरुले लगाउने अनायस कामहरु जस्तै खाजा ल्याइदिने, उनिहरु सुत्ने विस्तारा लगाइदिने जस्ता कार्यहरु रोकिनु पर्ने,   सामाजिक सुरक्षा, पेशागत मर्यादा, संस्थागत सुदृढीकरण तथा श्रम ऐक्यबद्धता जस्ता महत्वपूर्ण विषयमा व्यापक छलफल गरिएको थियो।

    प्रमुख अतिथि अर्यालले श्रमिक संगठनहरू सशक्त र संगठित बन्नु आजको आवश्यकता भएको भन्दै श्रमिकका अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक रहेको बताए।

    कार्यक्रमले श्रमिकहरूबीच एकता, सचेतना र नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुरयाउने विश्वास आयोजकहरूले व्यक्त गरेका थिए। कार्यक्रम जिल्ला अध्यक्ष रुकुम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट