Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

रोटरियन सागरनिधि तिवारिबाट प्रभातराज पाण्डेलाई प्रशंसा प्रमाणपत्र, उत्कृष्ट योगदानको सम्मान


  • आक्रमण न्युज
  • २०८२ श्रावण १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६१९ पाठक संख्या
  • काठमाडौं । रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंका रोटरी वर्ष २०२४–२०२५ का अध्यक्ष रोटरियन सागरनिधि तिवारिले प्रभातराज पाण्डेलाई Certificate of Appreciation प्रदान गरेका छन्।
    तिवारिको कार्यकालमा प्रभातराज पाण्डेले क्लबका विभिन्न कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै उत्कृष्ट योगदान पुर्‍याएको भन्दै उक्त प्रमाणपत्र प्रदान गरिएको हो।

    प्रशंसा प्रमाणपत्र प्राप्त गरेपछि प्रतिक्रिया दिँदै प्रभातराज पाण्डेले रोटरी क्लब तथा अध्यक्ष तिवारिप्रति आभार व्यक्त गरेका छन्। उनले भने, “मप्रति गरिएको सम्मानले थप जिम्मेवारी र प्रेरणा दिएको छ। आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक सेवामा क्रियाशील रहने प्रतिबद्धता गर्दछु।”

    रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा नेतृत्व विकासका क्षेत्रमा निरन्तर क्रियाशील रही उदाहरणीय कार्य गर्दै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑