Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

भरतपुरमा ‘तेश्रो तीज विशेष उद्यमशील एक्स्पो’, ३५ भन्दा बढी स्टलमा महिला उद्यमीका उत्पादन


  • आक्रमण न्युज
  • २०८२ श्रावण २८, बुधबार मा प्रकाशित १ साल अघि
  • ५१४ पाठक संख्या
  • चितवन । महिला उद्यमशीलता प्रवर्द्धन र उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित चितवन उद्योग संघ, महिला उद्यमी मञ्चले ‘तेश्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८२’ आगामी साउन ३०, ३१ र भाद्र १ गते चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा आयोजना गर्ने भएको छ।

    मेला बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ। चितवन उद्योग संघको संरक्षकत्वमा हुने उक्त एक्स्पोमा हस्तकलाका सामान, तीज विशेष सामग्री, लत्ताकपडा, जुत्ता–चप्पल, बुटिक उत्पादन, गिफ्ट आइटम, गरगहना, खाद्यान्नका परिकार, मेहन्दी तथा सौन्दर्य सेवासँगै बैंक, वित्तीय संस्था, बीमा कम्पनी, कृषिजन्य उत्पादन र विभिन्न परिकारका खानाका ३५ भन्दा बढी स्टल रहने छन्।

    आयोजकका अनुसार, कार्यक्रममा सहभागी महिला उद्यमीले आफ्ना उत्पादन प्रदर्शनी र बिक्री वितरण गर्ने मात्र नभई आपसी अनुभव साटासाट, बजार विस्तार, लगानीका अवसर पहिचान र सीप विकासका सम्भावनाबारे छलफल गर्ने अवसर पाउनेछन्।

    महिला उद्यमशीलता मार्फत आर्थिक क्रियाकलापलाई चलायमान बनाउने, स्वरोजगारका अवसर सिर्जना गर्ने र तीज पर्वलाई सकारात्मक रूपमा उद्यमशीलताको विकाससँग जोड्ने उद्देश्य यो मेलाले लिएको छ। साथै, तीज मनाउने क्रममा देखिने विकृति न्यूनिकरण गर्दै पर्वलाई दिगो उद्यमशीलताको प्रेरणास्रोत बनाउने प्रयास पनि गरिएको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑