भरतपुर। विद्यालय शिक्षा सम्बन्धी (संशोधन र एकीकरण) विधेयक २०८० मा समावेश कतिपय प्रावधानहरूप्रति गम्भीर आपत्ति जनाउँदै भरतपुर मेट्रो प्याब्सनले भरतपुर महानगर पालिकालाइ ज्ञापनपत्र बुझाएको छ।
मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष मिनराज बस्ताकोटीको नेतृत्वमा गएको टोलीले मेयर रेनु दाहाल तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यलाइ सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । निजी विद्यालयहरूले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानलाइ नजरअन्दाज गर्दै आएको प्रस्तावित विधेयकका प्रावधानहरूप्रति आपत्ति व्यक्त गरिएको थियो।

निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिने, तथा शिक्षण शुल्क, पोशाक, यातायात लगायतका सम्पूर्ण सेवा निःशुल्क गर्नुपर्ने जस्ता प्रावधानहरू व्यावहारिक र नैतिक दृष्टिले अव्यवहारिक भएकोले मेट्रो प्याब्सनको बिमति रहेको ज्ञापन पत्रमा भनिएको छ।। गलत प्रावधानले निजी विद्यालयहरूलाई धराशायी बनाउने, र समग्र शैक्षिक तथा आर्थिक प्रणालीमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ।
कार्यक्रममा मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष मिनराज बस्ताकोटीले आन्दोलनका आगामी कार्यक्रमहरूबारे जानकारी गराउँदै भन्नुभयो – “हामीले शान्तिपूर्ण रूपमा आवाज उठाइरहेका छौं। यदि राज्यले हाम्रो मागहरू सम्बोधन नगरेमा, सरोकारवाला निकायहरूसँग समन्वय गरी जिल्लास्तरीय, प्रदेशस्तरीय र आवश्यक परेमा केन्द्रीय स्तरसम्म विरोध कार्यक्रम अगाडि बढ्ने छ।
अध्यक्ष बस्ताकोटीले भन्नुभयो, “ शिक्षा क्षेत्रमा निजी लगानी र योगदानको कदर नगरी पूर्वाग्रही दृष्टिकोण राखेर शिक्षा क्षेत्र तहसनहस वनाउन खोज्नु गलत छ।
साथै गैरनाफामूलक बनाउने भन्ने प्रावधान विधेयकबाट हटाइनुपर्ने,पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने,१० प्रतिशत छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था निरन्तर रहनुपर्ने,छात्रवृत्तिमा भर्ना र वार्षिक र मासिक शुल्क कायम राख्नुपर्ने मागहरू रहेको अध्यक्ष बस्ताकोटीले बताउनुभयो।
शिक्षानितिको विरोधमा भरतपुर मेट्रो प्याब्सन

प्रतिक्रिया दिनुहोस