आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

रोटरी क्लब अफ डिल्लिबजारद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ‘रक्त दान जीवन दान’ नारालाई साकार


  • आक्रमण न्युज
  • २०८२ भाद्र १३, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • ४४१ पाठक संख्या
  • काठमाडौँ । रोटरी क्लब अफ डिल्लिबजार, काठमाडौंले बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । क्लबका अध्यक्ष रोटरियन प्रेमकुमार वलिको नेतृत्वमा आयोजित कार्यक्रममा सेक्रेटरी रोटरियन सन्ध्या राजभण्डारीसहित उपस्थित सबै पिपि (Past President) तथा रोटरियनहरूको सक्रिय सहभागिता रहेको थियो ।

    ‘रक्त दान जीवन दान’ भन्ने महान् नारालाई आत्मसात् गर्दै क्लबले समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस कार्यक्रम आयोजना गरेको हो । क्लबका पदाधिकारी तथा सदस्यहरूले यस रक्तदान अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

    यस अवसरमा अध्यक्ष वलिले कार्यक्रमलाई सफल बनाउनेमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि क्लबले यस्ता सामाजिक सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट