
काठमाडौँ । रोटरी क्लब अफ डिल्लिबजार, काठमाडौँले नक्सालस्थित बहिरा बालबालिका अध्ययनरत Central Higher Secondary School For The Deaf मा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । बिहीबार एक विशेष समारोहका बीच क्लबले विद्यालयका बालबालिकालाई विभिन्न खेलकुद सामग्री उपलब्ध गराएको हो ।



कार्यक्रममा क्लबका प्रेसिडेण्ट रोटरियन प्रेमकुमार वलि, सेक्रेटरि सन्ध्या राजभण्डारी, पास्ट प्रेसिडेण्ट डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना, सागरनिधि तिवारी, युवराज अधिकारी, रोटरियन इन्दिरा पराजुलि, सौरभ पन्त लगायतको विशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै क्लबका प्रेसिडेण्ट प्रेमकुमार वलिले बहिरा बालबालिकासँगको यो सहकार्यलाई आफूले एक प्रेरणादायी अवसरको रूपमा लिएको बताउनुभयो । उहाँले खेलकुद सामग्री हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको भन्दै आगामी दिनमा पनि क्लबले यस्तै सामाजिक उत्तरदायित्वपरक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
क्लबका पदाधिकारीहरुले यस किसिमका कार्यक्रमहरूले बालबालिकाको आत्मबल अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै निरन्तर समाजसेवामा क्लब सक्रिय रहिरहने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस