आज: २०८३ जेष्ठ १५, शुक्रबार | Fri, 29, May, 2026

उज्यालो टाईम्सद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान


  • आक्रमण न्युज
  • २०८२ चैत्र ३०, सोमबार मा प्रकाशित १ महिना अघि
  • १२६ पाठक संख्या
  • भरतपुर÷उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.द्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष प्रमेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि खनालले उज्यालो टाईम्स मिडियाले समाजको विकृति, विसंगतिको विरुद्ध आवाज उठाउँदै आईरहेको र अझै मिडियाले आफ्नो कार्यलाई अगाडि बढाउँदै उचाई पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

    उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा मनकामना अस्पताल प्रा.लि.का नर्सिङ प्रशासन प्रमुख कविता खतिवडा, चितवन अटो मोवाईल्स रिकण्डिसन एशोसिएसनका अध्यक्ष दिपक खड्का, युरो अटोमोटिभ प्रा.लि.का अध्यक्ष रुबिन रामुदामु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा शुभकामनासँगै उज्यालो टाईम्सले प्रकाशन गरेको नववर्ष २०८३ को भित्रपात्रो (क्यालेण्डर) को समेत बिमोचन गरिएको थियो । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का निर्देशक राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट