आज: २०८३ बैशाख ३१, बिहिबार | Thu, 14, May, 2026

सीप, साहस र स्वरोजगारको बाटोमा महिला : चार समूहलाई रु. ३ लाख २० हजार ‘सीड मनी’ हस्तान्तरण


  • आक्रमण न्युज
  • २०८३ बैशाख ३०, बुधबार मा प्रकाशित २0 घण्टा अघि
  • ३१ पाठक संख्या
  • काठमाडौं । विपन्न तथा सिमान्तकृत महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरिएको स्वरोजगार तथा सीप विकास कार्यक्रमअन्तर्गत चार वटा महिला समूहलाई रु. ३ लाख २० हजार ‘सीड मनी’ हस्तान्तरण गरिएको छ।

    Rotary Club of Dillibazar ले Bal Bikash Samaj सँगको सहकार्यमा सञ्चालन गर्दै आएको कार्यक्रमअन्तर्गत एक वर्षसम्म विभिन्न सीपमूलक तथा स्वरोजगारसम्बन्धी तालिम प्रदान गरिएपछि प्रत्येक समूहलाई रु. ८० हजारका दरले रकम उपलब्ध गराइएको हो।

    सिन्धुपाल्चोक जिल्लाको Indrawati Rural Municipality अन्तर्गत भीमटार क्षेत्रमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष Jhamka Nepal को प्रमुख आतिथ्यतामा जुनकेरी महिला समूह र प्रगति महिला समूहलाई सीड मनी हस्तान्तरण गरिएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष Shobhana Tamang, क्लबका अध्यक्ष Prem Oli, पास्ट प्रेसिडेन्ट Indira Parajuli, रोटरियन Bishnu Parajuli, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    त्यसैगरी, बाल विकास समाजका कार्यक्रम प्रमुख Pradeep Kumar Shrestha, कोषाध्यक्ष Sunita Khanal, बोर्ड सदस्य Ramsharan Rimal तथा कार्यक्रम सुपरिवेक्षक Sapana Basnet लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले महिला सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी भएको बताएका थिए।

    उक्त परियोजनाअन्तर्गत काभ्रेको पीपलटारमा पनि अर्को कार्यक्रम आयोजना गरिएको थियो। Panchkhal Municipality का प्रमुख Mahesh Kharel को प्रमुख आतिथ्यतामा कमलको फूल महिला समूह र सुनाखरी महिला समूहलाई पनि रु. ८०/८० हजारका दरले सीड मनी हस्तान्तरण गरिएको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख Uday Koirala को समेत उपस्थिति रहेको थियो।

    आयोजकका अनुसार उक्त रकम महिला समूहहरूले सामूहिक रूपमा साना व्यवसाय तथा आयआर्जनमूलक गतिविधिमा लगानी गर्नेछन्। सहभागी महिलाहरूले नियमित मासिक बचत गर्दै आएको जानकारी दिँदै यस परियोजनाले आफूहरूमा आर्थिक अनुशासन, आत्मविश्वास तथा सामूहिक रूपमा काम गर्ने संस्कार विकास गराएको बताएका थिए।

    महिलाहरूले अहिले आलु, अदुवा, तोरी लगायतका बालीको सामूहिक खेतीसमेत सुरु गरिसकेको जनाएका छन्। उनीहरूका अनुसार परियोजनाले केवल साक्षरता मात्र नभई आफ्ना छोराछोरीको शिक्षा, परिवारको भविष्य र समाजमा सम्मानपूर्वक उभिन सक्ने आत्मविश्वाससमेत बढाएको छ।

    परियोजनालाई Rotary Club of Mitcham तथा Rotary Club of Dillibazar ले आर्थिक सहयोग तथा समन्वय गर्दै आएका छन् भने Bal Bikash Samaj ले प्राविधिक सहयोगसहित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आयोजकका अनुसार ग्रामीण तथा सिमान्तकृत महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको यस परियोजनाले दीर्घकालीन सामाजिक तथा आर्थिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट