आज: २०८३ अषाढ २४, बुधबार | Wed, 08, Jul, 2026

क्लियर भिजन अप्टिकलमा कर्मचारीलाई विशेष प्रशिक्षण


  • आक्रमण न्युज
  • २०८३ अषाढ २३, मंगलबार मा प्रकाशित १ दिन अघि
  • ७६ पाठक संख्या
  • चितवन । सेवाग्राहीलाई अझ प्रभावकारी, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने उद्देश्यले चितवनको भरतपुरस्थित चौविसकोठीमा मुख्य कार्यालय रहेको clear vision अप्टिकल हाउसले आफ्ना कर्मचारीहरूलाई व्यवसायिक सीप अभिवृद्धि तथा नयाँ प्रविधिसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरेको छ ।

    हामी सिक्दैछौं, ताकि तपाईंलाई अझ राम्रो सेवा दिन सकौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रशिक्षणले कर्मचारीहरूको क्षमता विकाससँगै सेवाग्राहीप्रतिको जिम्मेवारी अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

    क्लियर भिजन अप्टिकलका सञ्चालक अली अन्सारीका अनुसार संस्थाको उद्देश्य केवल चस्मा बिक्री गर्नु मात्र नभई सेवाग्राहीको आँखाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सही परामर्श, गुणस्तरीय उत्पादन र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्नु हो । यही उद्देश्य पूरा गर्न संस्थाका विभिन्न शाखामा कार्यरत सम्पूर्ण कर्मचारीलाई समय–समयमा आवश्यक तालिम प्रदान गर्दै आइएको उहाँले बताउनुभयो ।

    “उत्कृष्ट सेवा केवल अनुभवले मात्र सम्भव हुँदैन, निरन्तर सिकाइ, नयाँ प्रविधिको ज्ञान, अभ्यास र सुधारले मात्रै सेवाको गुणस्तर बढाउन सकिन्छ,” सञ्चालक अन्सारीले भन्नुभयो ।

    क्लियर भिजन अप्टिकलले देशका विभिन्न जिल्लाबाट आफ्नो सेवा विस्तार गर्दै आइरहेको छ । चितवनमा मात्रै तीन वटा शाखामार्फत सेवा दिइरहेको यस संस्थाले काठमाडौँमा समेत आफ्नो उपस्थिति विस्तार गरिसकेको छ । विभिन्न शाखामा गरी दर्जनौं दक्ष कर्मचारीहरूले सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रदान गर्दै आएका छन् ।

    आँखा परीक्षण, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय लेन्स तथा चस्मासम्बन्धी विश्वसनीय सेवाका माध्यमबाट सेवाग्राहीको विश्वास जित्दै आएको क्लियर भिजन अप्टिकलले आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना बनाएको छ ।

    सञ्चालक अली अन्सारीले अब छिट्टै नै इटहरी बजारमा अत्याधुनिक यन्त्र तथा प्रविधिसहित नयाँ शाखा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ शाखाले पूर्वी नेपालका सेवाग्राहीलाई सहज, आधुनिक र भरपर्दो आँखा सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

    क्लियर भिजन अप्टिकलले प्रविधि, दक्ष जनशक्ति र सेवामुखी सोचलाई प्राथमिकता दिँदै आँखाको स्वास्थ्य क्षेत्रमा आफ्नो पहिचान अझ फराकिलो बनाउने अभियानलाई निरन्तरता दिइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट