आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन


  • आक्रमण न्युज
  • २०८१ बैशाख २८, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ३०२ पाठक संख्या
  • वैशाख २८, २०८१
    काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन ।
    कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ ।
    सभामुखको सचिवालयका अनुसार नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न नदिने अडान राखेपछि बैठक समयमा शुरु हुन सकेको छैन । अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।
    अहिले दलहरुले आफ्नो दलमा छलफल गरिरहेको र त्यसपछि कार्यव्यवस्था समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
    यस अघि सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँग दुई पटक छलफल गरेपनि सहमति जुट्न सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट