आज: २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025

एमाले चितवनको अधिवेशन सफल पार्न जुट्यो अनेरास्ववियु चितवन


  • आक्रमण न्युज
  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित ९ महिना अघि
  • २७४ पाठक संख्या
  • वैशाख ३०, २०८१
    चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनको पदाधिकारी बैठक सम्पन्न भएको छ ।
    अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यका अनुसार बैठकले नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशन, काठमाडौंमा हुँदै गरेको विद्यार्थी महोत्सव र मदन आश्रित स्मृति दिवसकाबारे छुट्टाछुट्टै निर्णय गरेको छ ।
    बैठकले यही जेठ १०, ११ र १२ गते हुन लागेको एमाले चितवनको अधिवेशनका लागि अनेरास्ववियु चितवनबाट २ जना प्रतिनिधि चयन गरेको छ । जसमा अध्यक्ष हरि आचार्य र कोषाध्यक्ष अनुजा खनाललाई सर्वसम्मतबाट चयन गरिएको छ ।
    अनेरास्ववियुको केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंको भृकुटी मण्डपमा जेठ १ देखि ३ गतेसम्म हुन लागेको विद्यार्थी महोत्सवमा चितवनबाट भव्य सहभागिता जनाउने निर्णय समेत बैठकले गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट