आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • २३० पाठक संख्या
  • जेष्ठ १, २०८१
    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
    संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो ।
    बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
    राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको छ ।
    कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसदको कुनै कारवाही अगाडी बढ्न नसक्ने जनाएको छ ।
    कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट