आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नेपाली कांग्रेस चितवनद्धारा तिनदिने “प्रशिक्षक प्रशिक्षण तालिम” शुरु


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६३० पाठक संख्या
  • जेष्ठ १७, २०८१
    चितवन । नेपाली कांग्रेस चितवनले बिहिवारबाट तीन दिने “प्रशिक्षक प्रशिक्षण तालिम” शुरु गरेको छ । पार्टी तथा नेता कार्यकर्तालाई सुदृढ र सक्षम बनाइ जनअपेक्षा अनुसार पार्टीलाई अगाडि बढाउन भन्दै कांग्रेस चितवनले प्रशिक्षक प्रशिक्षण तालिमको शुरु गरेको नेपाली काङ्ग्रेस चितवनले जनाएको छ ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवन अन्तर्गत प्रशिक्षण शाखाको आयोजनामा गैंडाकोटको विजय बिकास स्रोत केन्द्रको सभाहलमा तालीम सन्चालन गरिएको हो । नेपाली कांग्रेस चितवनको प्रथम जिल्ला सम्मेलनबाट पारित कार्यक्रम र नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको निर्णय अनुसार जेष्ठ १७ देखि १९ गतेसम्म तालीम सञ्चालन हुनेछ ।

    कार्यक्रमको प्रमुख आतिथ नेपाली कांग्रेसका पूर्व उपसभापति एवं केन्द्रिय सदस्य बिमलेन्द्र निधिले नेपाली कांग्रेसको विगत र बर्तमानको बारेमा चर्चा गर्दै आगामी रणनीतिको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले यस्ता खालका कार्यक्रम वा तालिमबाट प्राप्त ज्ञान सीपलाई पार्टीको तल्लो तहसम्मका नेता तथा कार्यकर्ताहरूमा पुर्‍याउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा चितवन उपसभापति शालिग्राम शर्माले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका कार्यवाहक सभापति बालकृष्ण घिमिरे, नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवम् संविधानसभा सदस्य रामकृष्ण घिमिरे, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनाल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


    त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य डा. गोविन्द पोख्रेल, केन्द्रिय नीति, अनुशन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा, सुरेश आचार्य, पूर्व सभापति तोपमान सिंह गुरुङ, जिल्ला उपसभापति राजीव न्यौपाने, सचिव ध्रुवराज पोख्रेल, सहसचिव दिनेश अधिकारी, सहसचिव गोपाल दराई, प्रशिक्षकहरु डा. कृष्ण पौडेल, डा. केशव चालिसे, डा. एकनारायण पौडेल, प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियोे । त्यसैगरी जिल्ला सदस्यहरू,महासमिति सदस्यहरू, क्षेत्रीय सभापतिहरू, प्रदेशसभा सभापतिहरू, प्रशिक्षार्थीहरू लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
    कार्यक्रम नेपाली कांग्रेस चितवनका उपसभापति एवं प्रशिक्षण बिभाग प्रमुख शालिग्राम शर्माको सभापतित्वमा सम्पन्न भएको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट