आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

जसपा पनि सरकारबाट बाहिरियो : प्रधानमन्त्रीको पक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादी


  • आक्रमण न्युज
  • २०८१ अषाढ २२, शनिबार मा प्रकाशित २ साल अघि
  • ६०७ पाठक संख्या
  • काठमाण्डौ असार २२, –

    अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० पनि सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका जसपाका मन्त्रीहरूले हिजो प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री थिए ।सरकारको मुख्य साझेदार एमाले बुधवार नै सरकारबाट बाहिरिसकेको छ । संसदमा सात सिट भएको अशोक राई नेतृत्वको जसपाले पनि समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीको पक्षमा अब माओवादी, रास्वपा र एकीकृत समाजवादी मात्रै बाँकी छन् । माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० गरी प्रधानमन्त्रीको पक्षमा गरी ६३ सांसद छन् ।यसअघि सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् । कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आउँदो २८ गते पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।पछिल्लो पटक प्रधानमन्त्री बनेयता उहाँले प्रतिनिधिसभाबाट २०७९ पुस २६, दोस्रो पटक २०७९ चैत ६, तेस्रो पटक २०८० फागुनमा र चौथो पटक गएको जेठ ७ गते विश्वासको मत लिनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट