आज: २०८१ कार्तिक २७, मंगलबार | Tue, 12, Nov, 2024

शिक्षा मन्त्रालयमा शिक्षामन्त्री र शैक्षिक परामर्श सञ्चालक संस्थाहरूबीच छलफल


  • आक्रमण न्युज
  • २०८१ आश्विन १६, बुधबार मा प्रकाशित १ महिना अघि
  • ११३ पाठक संख्या
  • शिक्षा विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक परामर्श संस्था सञ्चालकहरूसँग छलफल गरेकी छिन् । बुधबार शिक्षामन्त्री भट्टराईले शैक्षिक परामर्श क्षेत्रहरूका छाता संगठनहरूका प्रतिनिधिसँग छलफल गरेकी हुन् । शिक्षा मन्त्रालयमा भएको छलफलमा नेपाल शैक्षिक परामर्श महासंघ, नेपाल शैक्षिक परामर्श संघ इक्यान., फेकन, नायर, आइरिनलगायत संस्थाका अध्यक्षहरू उपस्थित थिए ।
    बैठकमा कन्सल्टेन्सी क्षेत्रका विभिन्न विषयमा छलफल भएको आइरिनका अध्यक्ष हेमन्त भट्टराईले जानकारी दिए । बैठकमा लामो समयदेखि कन्सल्टेन्सी क्षेत्रको नवीकरण रोकिएको, अनुगमन तथा नियमन नभएकोलगायत विषयमा छलफल अध्यक्ष भट्टराईले जानकारी दिए ।उनका अनुसार शिक्षा मन्त्रालयबाट यसअघि अनुमति लिएका एक हजार ४७३ वटा शैक्षिक परामर्श संस्थामध्ये अब ९२६ वटाले मात्र सञ्चालन अनुमति पाउने भएका छन् । अन्यको अनुमति खारेज भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, काउन्सलरहरूलाई क्षमता अभिवृद्धि तालिम दिने टिआइटिआईलाई पनि अब सक्रिय बनाउने र त्यसको पाठ्यक्रमलाई समयानुकूल परिवर्तन गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
    मन्त्रालयका कर्मचारीलगायत शैक्षिक परामर्श क्षेत्रका व्यक्तिहरूको संलग्नतामा एउटा ‘डार्क फोर्स कमिटी’ गठन गर्ने र उक्त कमिटीले आवश्यक परेको खण्डमा राज्यलाई सहयोग गर्ने र राज्यले शैक्षिक परामर्श क्षेत्रमा रहेका विकृति तथा विसंगतिलाई नियमन गर्ने गरी अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट