आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

सार्वजनिक बिदाको निर्णयमा ढिलाइपछि सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना


  • आक्रमण न्युज
  • २०८१ मंसिर ३, सोमबार मा प्रकाशित १ साल अघि
  • ८४२ पाठक संख्या
  • सरकारले ढिलागरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ। कार्यालय पुगेपछि विदाको घोषणा गरिएको भन्दै सेवाग्राहीले सामाजिक सञ्जालमा सरकारको आलोचना गरेका हुन्।
    पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा शोक व्यक्त गर्दै सरकारले बिहान ९ बजेर ४० मिनेटमा बिदा दिने निर्णय गरेको थियो। त्यतिबेला कर्मचारी र सेवाग्राही कार्यालय पुग्ने क्रममा थिए। कतिपय सेवाग्राही छिटो सेवा पाउनकालागि लाइनमा बसीसकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो।
    सेवा लिन काममा हिडेका कतिपयले भने बीच बाटोमा विदाबारे जानकारी पाएपछि फर्किनु परेको भन्दै गुनासो गरेका छन्। सरकारले समयमा निर्णय लिन नसक्दा सर्वसाधारण समस्यामा परेका हुन्। सरकारले शोकमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय थियो।
    आइतबार बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। ढुङ्गानाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा गरियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट