आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

वयानमा लैजाने क्रममा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप


  • आक्रमण न्युज
  • २०८१ मंसिर १९, बुधबार मा प्रकाशित १ साल अघि
  • २७४ पाठक संख्या
  • मंसिर १९, २०८१

    चितवन । सहारा चितवन सहकारी को ठगी प्रकरणमा बयानका लागि दोस्रो दिन बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला न्यायाधिवक्ताको कार्यालयमा लगिएपछि सडकमा प्रदर्शन गरिरहेका रवि समर्थक र सुरक्षाका लागि तैनाथ प्रहरीबिच झडप भएको छ ।

    जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडि जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले अगाडि बढ्न रोकेपछि झडपको स्थिति आएको हो ।

    गाडीमा माइकिङ गर्दै अगाडि बढेको जुलुसलाई प्रहरी टोलीले रोकेपछि रवि समर्थकले प्रहरीमाथि ढुंगा हानेका थिए । जवाफमा प्रहरीले पानीको फोहोरा छाडेर भिडलाई तितरवितर पारेको थियो ।

    त्यसपछि पनि जुलुस अगाडि बढ्न खोजेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन मंगलबार भरतपुर ल्याइएको थियो । मंगलबार बयान नसकिएपछि लामिछानेसँग बुधबार पुनः बयान लिइएको हो । लामिछानेसँग बयान लिने काम जारी छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑