Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम हुने


  • आक्रमण न्युज
  • २०८१ माघ १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ४३३ पाठक संख्या
  • माघ १२, २०८१

    चितवन, माघ १४ – नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीको पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी २०८१ माघ १४ गते सोमबार हुने भएको छ। कार्यक्रम पार्टी कार्यालय, भरतपुरमा बिहान ११ बजे सुरु हुनेछ।

    उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष क. गङ्गा लाल तुलाधर र महासचिव क. घनश्याम भुषालको विशेष उपस्थिति रहने छ। पार्टीको आन्तरिक सुदृढीकरण तथा संगठनात्मक विषयमा प्रशिक्षण प्रदान गर्ने उद्देश्यले आयोजित उक्त बैठकमा जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थिति आवश्यक रहेको जनाइएको छ।

    पार्टी कार्यालयले कार्यक्रम सफल बनाउनका लागि सम्पूर्ण जिम्मेवार सदस्यहरूलाई समयमै उपस्थित हुन आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑