आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

भरतपुरमा वडाध्यक्ष कप भेट्रान फुटबल हुँदै


  • आक्रमण न्युज
  • २०८१ बैशाख १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३६२ पाठक संख्या
  • वैशाख १८, २०८१

    भरतपुर । भरतपुरको पश्चिम चितवन चितवनमा रहेको भरतपुर महानगरपालिका ६ गीतानगरमा बैशाख २२ गतेदेखि वैदिक आयुर्वेद वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

    गीतानगर व्बाइज क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । बैशाख २६ गतेसम्म चल्ने प्रतियोगितामा भरतपुर ६ भित्रका १६ टोली सहभागी हुने प्रतियोगिता संयोजक चक्रपाणी न्यौपानेले जानकारी दिए ।

    प्रतियोगिताको विजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ट्रफीसहित २५ हजार प्राप्त गर्ने न्यौपानेले बताए । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको खेलहरु भरतपुर ६ स्थित सिद्धेश्वर मैदानमा हुनेछ ।

    प्रतियोगिता सम्पन्न गर्न ६ लाख जति खर्च हुने अनुमान गरिएको आयोजक गीतानगर ब्वाइजका अध्यक्ष केशव दाहालले जानकारी दिए । ३० हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

    प्रतियोगितालाई वैदिक आयुर्वेद सेवा प्रालिले मुख्य प्रायोजन गरेको छ । यस्तै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि सह(प्रायोजक तथा भरतपुर ६ को वडा कार्यालय संरक्षक संस्थाको रुपमा रहेको छ । कार्यक्रममा भरतपुर ६ का वडासदस्य रुद्र अधिकारी, खेलकुद विकास समिति भरतपुर ६ का अध्यक्ष अरुण वन्त, फिफा रेफ्री प्रकाश भुजेललगायत उपस्थित थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑