आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

सन्दीपको आक्रोस-गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्


  • आक्रमण न्युज
  • २०८१ बैशाख २६, बुधबार मा प्रकाशित २ साल अघि
  • ५९३ पाठक संख्या
  • वैशाख २६, २०८१

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् । पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको बताउँदै आएका छन् ।

    उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन् तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस । म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले सजाय पुग्दै पुग्दैन । सन्दीपले आफ्नो पोष्टमा यो घटना कसैले नियोजित रुपमा गराएको आरोप समेत लगाएका छन् ।  उनले भनेका छन् यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईँहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट