आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

जारी टी-२० विश्वकपको सुपर ८ मा पुग्यो अस्ट्रेलिया


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • ४७३ पाठक संख्या
  • जेष्ठ २९, २०८१
    काठमाडौँ । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ ।
    समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो ।
    नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५।४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
    यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए ।
    नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन् ।
    योजितपछि समुह बी मा अस्ट्रेलियाले ३ खेलमा तिनै जित हासिल गरेर ६ अंकसहित शिर्ष स्थानमा छ र अब सुपर ८ मा छनौट भइसकेको छ ।
    त्यस्तै नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको नामिबिया सुपर ८ को दौड बाट बाहिरिएको छ । यस समूहबार यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो । समुह बी मा स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ भने ईङल्याण्ड २ खेलमा एक अंक सहित चौथो स्थानमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट