Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

मेरा लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा हो कप्तान (चेम्जोङंको )


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३१, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६६६ पाठक संख्या
  • काठमाण्डौ जेठ ३१, – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्ना लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् ।

    फिफा विश्वकप २०२६ तथा एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा उनले यस्तो बताएका हुन् ।

    साउदी अरबको दमाममा रहेको प्रिन्स मोहम्मत बिन फहद रङ्गशालामा गएको मङ्गलवार यमनसँग खेल्दै कप्तान चेम्जोङले सयौँ खेल पूरा गरेका थिए । खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उनले सय खेल खेल्न पाउनुभन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने चेम्जोङको भनाइ छ ।

    यस्तै फुटबलर जिलेस्पीजङ्ग कार्कीले डेब्यु गोल अविस्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताए । बलिया टिमहरूसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने उनको विश्वास छ ।

    यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको प्रतिक्रिया दिए ।

    नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑