आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

भरतपुर महानगर युवा संजालको फुटसल स् पुरुषतर्फ वडा नं.५ र महिलातर्फ २३ विजयी


  • आक्रमण न्युज
  • २०८१ श्रावण २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • ५३ पाठक संख्या
  • श्रावण २६, २०८१
    चितवन । भरतपुर महानगर युवा संजालद्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राति सम्पन्न खेलमा अन्तर वडा क्लव पुरुष फुटसलको उपाधि वडा नम्बर ५ ले जितेको छ भने अन्तर संघसंस्था एवम् अन्तर वडा क्लव महिला फुटसलको उपाधि वडा नम्बर २३ ले जितेको छ । पुरुषतर्फ वडा नम्बर २२ दोश्रो भयो भने महिलातर्फ सोच परिवर्तन नेपालले दोश्रो स्थान प्राप्त गर्यो ।
    खेल संयोजक हिरालाल आचार्य ‘डायमण्ड’ले विजेताहरुलाई पुरस्कार भने साउन २८ गतेको महानगरसँग युवा कार्यक्रमका दिन प्रदान गरिने बताए । भरतपुर महानगरपालिकाको सहकार्यमा युवा सञ्जालले अगस्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाइरहेको छ । सोही सप्ताहव्यापी कार्यक्रमको समापन २८ गते हुँदैछ । उक्त दिन भरतपुर महानगर प्रमुख रेनु दाहाल र भरतपुरका युवाबीच अन्र्तक्रिया एवम् प्रश्नोत्तर कार्यक्रम हुने छ ।
    फुटसलमा प्रथम हुनेलाई ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धित्तिय हुनेलाई ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोज आचार्यले बताए । फुटसलमा दर्ता शुल्क निुःशुल्क रहेको थियो ।
    फुटसल प्रतियोगितमा सेन्ट्रल कलेजको मुख्य सहयोग रहेको थियो । प्रेसिडेन्सी कलेज र एसडीटेक कम्पनी सहयोगी संस्थाका रुपमा रहेका थिए ।
    भरतपुर महानगर युवा संजाल नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्बाट संचालित १६-२४ वर्ष समुहका युवाहरुको समुह हो । भरतपुर महानगर युवा संजाल भरतपुर महानगरपालिकाको संरक्षणमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट