Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

सनराइज स्कुलको दशै उत्सवमा प्रि- स्कुल प्रथम


  • आक्रमण न्युज
  • २०८१ आश्विन १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ११८० पाठक संख्या
  • चितवन । भरतपुरको पिपलचोकमा अवस्थित सन राइज इंग्लिश सेकेन्डरी स्कुलले विधार्थी, शिक्षक र कर्मचारीको सहकार्यमा दशै उत्सव मनाएको छ। दोस्रो त्रैमासिक परीक्षाको अन्तिम दिनको अवसर पारेर दशै उत्सव मनाएको हो । उक्त कार्यक्रममा स्कुलले विधार्थीहरुलाई जमरा रोप्ने विधि र यसमा प्रयोग हुने विउ विजन बारे जानकारी दिएको थियो भने तत्पश्चात विद्यार्थी शिक्षकहरुद्वारा हस्तनिर्मित चंगा वितरण गर्दै दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरेको थियो।
    विधालयका प्रधानाध्यापक शिव कुमार बगालेको अदक्षता संचालित उक्त कार्यक्रममा आफ्नो धर्म , संस्कृति, रितीरिवाज जगेर्ना गर्न सन राइज स्कुलका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको योगदानको प्रशंसा गर्दै सन राइज इंग्लिश सेकेन्डरी स्कुल प्रालिका अदक्ष हेम राज शर्मा र विधालय बेवस्थापन समितिका अदक्ष रामजी प्रसाद अर्यालले शिक्षक शिक्षिका एवम् विधालयमा कार्यरत सवैमा दशैको शुभकामना व्यक्त गर्नुभयो। दशैको शुभकामना संग संगै विधालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफुभित्र रहेको क्षेमता समेत प्रस्तुतहुने गरि आयोजना गरिएको उक्त कार्यक्रममा फरक फरक समुहले आफ्नो आफ्नो प्रस्तुति राखेका थिए। सामुहिक रुपमा मूल्यांकन गरिएको उक्त कार्यक्रममा प्रि -स्कुलले प्रदसन गरेको सन्देस मुलक नाट्य प्रस्तुति सहितको नाचले प्रथम स्थान हासिल गरेको थियो । कार्यक्रम पश्चात विधालयले सबै शिक्षक तथा कर्मचारीहरुलाई दशैँउपहार पनि बाडेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑