आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

कुहिरो बढेसँगै चितवनका तोरी किसान चिन्तित


  • आक्रमण न्युज
  • २०८१ पौष ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • १४५२ पाठक संख्या
  • भरतपुरमा विगत केही दिनदेखि लगातार रूपमा कुहिरो बढेसँगै तोरी किसानहरू चिन्तित छन्। चितवनको पूर्वी र पश्चिमी भागमा अत्याधिक रुपमा तोरी खेती हुने गरेको र पछिल्लो समय दिन दिन कुहिरो बढेका कारण तोरीको उत्पादनमा कमी आउने चिन्ता बढेको स्थानीय तोरी किसानहरूको गुनासो छ।
    चितवन देशकै प्रमुख ताेरि उत्पादन हुने क्षेत्र हो भने विश्वमा नै तोरी उत्पादनमा नेपाल अग्रणी स्थानमा रहेको छ। तोरीको फूल फुल्ने र कोसा लाग्ने समयमा यसले उपयुक्त तापक्रम पाउन सकेन भने राम्रो तोरी उत्पादन हुन नसक्ने हुँदा प्रतिकुल मौसमी अवस्थाले उत्पादन घट्ने हो कि भन्ने चिन्ता थपिएको किसानले बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट