आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

द्वन्द्वपीडित एकल महिलाका लागि अचार तालिम सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ ५, सोमबार मा प्रकाशित ११ महिना अघि
  • ३६९ पाठक संख्या
  • नेपालगन्ज । “एकल महिलाहरू आत्मनिर्भर बनेर उदाहरण बनौं,” द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेकी संस्थापक अध्यक्ष शोभा बि.सी.ले सोमबार आयोजित कार्यक्रममा भनिन्। नेपालगन्जमा आयोजित ७ दिने अचार बनाउने तालिमको समापन समारोहमा बोल्दै उनले द्वन्द्वपीडित महिलाहरूका लागि सीपमूलक तालिमहरू आत्मनिर्भरता हासिल गर्न सक्ने सशक्त माध्यम भएको बताइन्।

    “हामीले अझै द्वन्द्वका घाउ बिर्सन सकेका छैनौं,” उनले भनिन्, “तर यस्ता तालिमहरूले ती घाउमा मल्हम लगाउने काम गर्छन्।”

    कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले सञ्जालको आफ्नै भवनमा यस्ता तालिमहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए। “वडाले विगतमा जस्तै आगामी दिनमा पनि आत्मनिर्भरता अभिवृद्धिका लागि आवश्यक तालिमहरूमा सहयोग गर्नेछ,” उनले प्रतिवद्धता जनाए।

    तालिमकी प्रशिक्षक अनु पाण्डेले सहभागी महिलाहरूको जीवन कहानी सुन्दै, उनीहरूको उत्साहबाट आफू पनि प्रेरित भएको अनुभव सुनाइन्।
    “दिदीबहिनीहरूको जिज्ञासा र सक्रियताले तालिम अझ प्रभावकारी बन्यो,” उनले भनिन्।

    कार्यवाहक अध्यक्ष बिन्दा खरेलले ७ दिने तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै ३० जना महिलाले ६ प्रकारका अचार बनाउन सीप सिकेको जानकारी दिइन्।

    सञ्जालकी सचिव विजया रोकाया र सदस्य जया आचार्यले तालिमको सफल सञ्चालनमा आर्थिक तथा नैतिक सहयोग पुर्‍याएकोमा नेपालगन्ज उपमहानगरपालिका र सहभागी सबै दिदीबहिनीप्रति आभार व्यक्त गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट