आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

आ.वि.कोइलाहाले गर्यो थारुभाषामै जितियाको कार्यक्रम सन्चालन


  • आक्रमण न्युज
  • २०८१ आश्विन ८, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • २८८ पाठक संख्या
  • आधारभुत विद्यालय कोइलाहामा जितिया पर्वको उपलक्षमा आदिवासि थारुहरुको महान चाड जितिया के हो र यसको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
    विद्यालयका प्र.अ. रामभक्त वाग्लेको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा थारु समूदायमा अत्यन्तै महत्त्वका साथ लिइने जितिया पर्वको बारेमा बालबालिकाहरुलाई सिकाउने र संस्कार र संस्कृति हस्तान्तरणगरि भाविपुस्तामा समेत यसको महत्त्व स्थापित गराउने उदेश्यका साथमा कार्यक्रम आयोजना गरिएको प्र.अ.ले बताउनु भयो।
    हाल विद्यालयमा भएका विद्यार्थीलाई हेर्दा झन्डै ८० प्रतिशत जति थारुसमुदाएकै बालबालिका पढ्ने र शिक्षकहरुपनि आधा आधि यसै समुदायकै रहनु भएको हुदा स्थानीय पाठ्यक्रमको विषयमा पनि यस्ता कार्यक्रमले सहजता थप्नेहुदा यस्ता कार्यक्रमको औचित्यता बढ्दो क्रममा रहेको उहाको भनाई थियो ।

    थारु भाषामा नै सन्चालन भएको उक्त कार्यक्रम विद्यालयकै शिक्षक सुसिला चौधरिले सन्चालन गर्नु भएको थियो । यो विशुद्ध रमादै सिक्ने र सिकाउने कार्यक्रम रहेको भन्दै विद्यालयका सहायक प्र.अ. इश्वरि पराजुलीले सम्पूर्ण शिक्षकहरुको तर्फबाट शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा आदिवासि थारु समुदायमा प्रचलित नाचगानमा विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो ।
    यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ुनिर्जलाु अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ुजीतमहान गोँसाईुको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट