
काठमाण्डौ । Rotary Club of Dillibazar–Kathmandu ले आफ्नो २७औँ स्थापना दिवस (Chartered Day) भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रमपछि क्लबका प्रेसिडेन्टले सम्पूर्ण रोटरी परिवार, अतिथि तथा सहयोगीहरूप्रति हार्दिक आभार तथा बधाई व्यक्त गरेका छन्।
कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका डिस्ट्रिक्ट गभर्नर Binod Koirala सहित विभिन्न विशिष्ट अतिथिहरू, फर्स्ट लेडी, पास्ट प्रेसिडेन्टहरू, बोर्ड मेम्बरहरू, रोटरियनहरू, स्पाउसहरू तथा रोटर्याक्ट सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
क्लबकी सेक्रेटरी सन्ध्या म्यामले स्वास्थ्य समस्याका बाबजुद अस्पतालबाट फर्किएर कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेको भन्दै विशेष धन्यवाद व्यक्त गरिएको छ। त्यसैगरी पुष्प भाउजुद्वारा प्रस्तुत गरिएको मनमोहक नृत्य, रोटर्याक्ट भाइबहिनीहरूको सांस्कृतिक प्रस्तुति तथा मधुर बाँसुरी धुनले कार्यक्रमलाई थप आकर्षक बनाएको बताइएको छ।
कार्यक्रम सञ्चालन भाइस प्रेसिडेन्ट (प्रथम) दीप्ती म्यामले प्रभावकारी रूपमा सञ्चालन गरेकी थिइन् भने प्रेसिडेन्ट इलेक्ट सुजिता म्यामले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा पास्ट प्रेसिडेन्ट डा. Parthiveshwor Prasad Timilsina ले क्लबको इतिहास तथा योगदानबारे प्रेरणादायी मन्तव्य राखेका थिए। त्यस्तै पास्ट प्रेसिडेन्ट Madhav Prasad Upadhyay ले होली इन्भोकेसन प्रस्तुत गरेका थिए भने भाइस प्रेसिडेन्ट (द्वितीय) Rajesh Aryal ले धन्यवाद मन्तव्य दिएका थिए। सर्जेन्ट–एट–आर्म Rishidev Pant ले मिटिङ रिपोर्ट तथा Four-Way Test प्रस्तुत गरेका थिए।
कार्यक्रमका लागि उपयुक्त भेनु व्यवस्थापनमा सहयोग पुर्याउने रोटरियन Damodar लगायत सम्पूर्ण सहयोगीहरूलाई पनि विशेष धन्यवाद दिइएको छ।
यस अवसरमा सम्मानित हुने Rajarām Yadav, Rita Tiwari तथा Santosh Dhungel लाई हार्दिक बधाई ज्ञापन गरिएको छ। साथै चार्टर मेम्बरहरू तथा २० वर्षदेखि निरन्तर क्लबमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमलाई थप आत्मीय र उत्साहपूर्ण बनाउन ड्रिङ्क्स तथा जुसमार्फत सहयोग पुर्याउने सहयोगी महानुभावहरूलाई पनि धन्यवाद व्यक्त गरिएको छ।
क्लबका प्रेसिडेन्टले यस्ता कार्यक्रमहरूले क्लबको गरिमा, पहिचान, पारिवारिक आत्मीयता, मित्रता तथा सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रम आयोजना क्रममा कुनै कमी–कमजोरी भएको भए क्षमायाचना समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस