आज: २०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

रूपनगर क्याम्पसमा न्यायाधीश र विद्यार्थीबीच कानूनी साक्षरता विषयमा अन्तर्क्रिया


  • आक्रमण न्युज
  • २०८३ जेष्ठ ११, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • २२ पाठक संख्या
  • सप्तरी । साक्षरताका लागि ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’ विषयमा आज यहाँ एउटा अन्तर्क्रिया आयोजन गरियो।

    सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको काम गर्ने प्रक्रिया, विपन्नलाई निशुल्क न्याय सेवाको उपलब्धता लगायत विषयमा जानकारी दिनुभयो।

    सोही अदालतका श्रेस्तादार श्यामहरि अधिकारीले अदालतले दिने न्याय, त्यसका प्रक्रिया, विभिन्न निकाय र संस्था तथा नागरिकको भूमिका आदि विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो।

    सप्तरी जिल्ला अदालतका न्यायाधीशहरू मोहन बहादुर अधिकारी, दीपक धिताल, बाबुराम भट्टराई, गोकुल पन्त र महेन्द्र प्रसाद पौडेलको समेत सो कार्यक्रममा उपस्थिति थियो। विद्यार्थी, अभिभावक र अन्य सहभागीले अदालती प्रक्रिया, न्यायमा ढिलाइ, नागरिकले पाइराखेको सास्ती, युवा वर्गको भूमिका लगायत विषयमा न्यायाधीशहरूलाई प्रश्न गरेका थिए। मुख्य न्यायाधीश घिमिरेले ती प्रश्नहरूको जवाफ दिनुभयो।

    रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थी, अभिभावक, शिक्षक, अधिवक्ता, राजनीतिज्ञ, समाजसेवी, पत्रकार लगायतको उपस्थिति तथा छलफलमा सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालन नरबहादुर खड्काले गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट