
काठमाडौं । सामुदायिक सेवा तथा विद्यालयस्तरीय स्वास्थ्य सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै Rotary Club of Dillibazar–Kathmandu ले चन्द्रागिरि नगरपालिकास्थित विभिन्न सार्वजनिक विद्यालयका विद्यार्थीहरूका लागि दोस्रो चरणको निःशुल्क आँखा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
चन्द्रागिरि नगरपालिका वडा नं. ११, सतुङ्गलस्थित बिष्णु देवी शिक्षा सदन सेकेन्डरी स्कुलमा आयोजित उक्त शिविरमा त्यस क्षेत्रका विभिन्न विद्यालयका करिब ६०० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। बालबालिकामा देखिने दृष्टि समस्या समयमै पहिचान गरी उनीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ।
शिविरमार्फत परीक्षण गरिएका विद्यार्थीमध्ये आवश्यक पर्ने सबैलाई निःशुल्क चस्मा वितरण गर्ने योजना समेत रहेको जानकारी आयोजकले दिएका छन्। आर्थिक अभावका कारण उपचार तथा दृष्टि परीक्षणबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम संयोजक तथा क्लबका पास्ट प्रेसिडेन्ट लीलानथ शर्मा ले यस सामाजिक अभियानलाई सफल बनाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको महत्वपूर्ण सहकार्य रहेको बताउनुभयो। उहाँका अनुसार कार्यक्रममा GMPT Foundation, Chandragiri Municipality, Chandragiri Hills, , BP Koirala Lions Center ,Sahaj Foundation तथा Kalibhakta Foundation लगायत संस्थाहरूले सहयोग तथा सहकार्य गरेका थिए।
कार्यक्रममा क्लबका प्रेसिडेन्ट प्रेम कुमार वली पास्ट प्रेसिडेन्टहरू डा पर्थिवेश्वर तिमीलसिना तथा इन्दिरा पराजुली, Rotary Club of Godawari बाट रोटरियन बिष्णु पराजुली, GMPT Foundation बाट गजब कुमारी तिमीलसिना, ओमकार तिमीलसिना, भगवती घिमिरे तथा ज्ञानु पौडेलको सहभागिता रहेको थियो।
त्यसैगरी, BP Koirala Lions Center का इन्चार्ज डा प्रकाश पौडेल , Sahaj Foundation बाट रोटरियन हरी काफ्ले , Kalibhakta Foundation बाट मुकुन्दराज पन्त , विद्यालयका प्रिन्सिपल कृष्ण प्रशाद पराजुली , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई प्राविधिक सहयोग BP Koirala Lions Center ले उपलब्ध गराउँदै आएको क्लबले जनाएको छ। यसअघि क्लबले जेठ ४ गते थानकोटस्थित मंगलोदय हाइ स्कूलमा पहिलो चरणको विद्यालयस्तरीय आँखा स्वास्थ्य शिविर सम्पन्न गरेको थियो।
रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासँग सम्बन्धित यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस