आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

कवि विपीनको ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण


  • आक्रमण न्युज
  • २०८१ भाद्र १५, शनिबार मा प्रकाशित २ साल अघि
  • ७५२ पाठक संख्या
  • भाद्र १५, २०८१
    चितवन । माडीको पर्यटकीय स्थल रातमाटे डाँडामा कवि विपीन पाठकको कविता संग्रह ‘मरुभूमिमा वासन्ती याम’ शुक्रबार साँझ लोकार्पण गरिएको छ । कविता संग्रह कवि पाठक हुर्किएको माडीमा चितवन, मकवानपुर र नवलपरासीका साहित्यकार तथा प्राज्ञिक व्यक्तिहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।उक्तकार्यक्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कवि पाठकका बाबुआमा बालकृष्ण पाठक, पार्वती पाठक, कवि भूपिन लगायतले संयुक्त रुपमा कविता संग्रह लोकार्पण गरेका हुन् ।
    माडी साहित्य परिवारको आयोजनामा गरिएको उक्त कार्यक्रममा कवि पाठकको व्यक्तित्व एवं कृतिबारे डा। धनेश्वर भट्टराईले चर्चा गरेका थिए । प्रेम रिमाल, रामप्रसाद न्यौपाने, प्रकाश चापागाईं लगायतलुे पुस्तकका बारेमा चर्चा गरेका थिए ।कविले कवितामार्फत समाजमा चेतना तथा परिवर्तनका केही सन्देश दिने प्रयास गरेको बताए ।उक्त कविता संग्रहमा सामाजिक तथा समाज रुपान्तरणसम्बन्धी ४० वटा कविता समेटिएको र संग्रहको प्रकाशन इन्डिगो इन्क प्रालि काठमाडौंले गरेको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑