आज: २०८३ आश्विन १७, शनिबार | Sat, 03, Oct, 2026

नेपाली कांग्रेस पदाधिकारी संख्या बढाउनेबारे आन्तरिक छलफलमा


  • आक्रमण न्युज
  • २०८३ आश्विन १७, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • १५ पाठक संख्या
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीमा पदाधिकारी संख्या बढाउनेबारे आन्तरिक छलफल सुरु भएको छ।

    आकांक्षीहरूको संख्या धेरै भएकाले उपसभापति, महामन्त्री र सहमहामन्त्री पद थप्ने विषयमा छलफल भइरहे पनि यसको अन्तिम निर्णय असोज १८ देखि २२ सम्म काठमाडौंमा हुने महाधिवेशनको बन्द सत्रले गर्नेछ।हालको विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री, ११ सहमहामन्त्री (८ निर्वाचित र ३ मनोनीत) तथा १ मनोनीत कोषाध्यक्ष गरी १७ जना पदाधिकारी रहने व्यवस्था छ।

    अहिले उपसभापति ३ (एक महिलासहित), महामन्त्री ३ र सहमहामन्त्री १५ सम्म पुर्‍याउनेबारे चर्चा चलेको छ।पार्टी प्रवक्ता देवराज चालिसे र महामन्त्री प्रदीप पौडेलका अनुसार पदाधिकारी संख्या बढाउने वा साविककै राख्ने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक प्रस्ताव वा निर्णय भइसकेको छैन।

    महामन्त्री पौडेलको संयोजकत्वमा विधान संशोधनको गृहकार्य भइरहेको र बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले छलफल गरी यसबारे टुङ्गो लगाउने कांग्रेसले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑