Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ५ पछि बस्ने, जिल्ला र प्रदेश अधिवेशनको मिति तोकिने


  • आक्रमण न्युज
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित ६ घण्टा अघि
  • ११ पाठक संख्या
  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ गतेपछि मात्रै बस्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशन सम्पन्न भएपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक मंसिर ५ गतेपछिका लागि आह्वान गरिने जानकारी दिए ।

    महामन्त्री पौडेलका अनुसार बैठक बोलाउने र बैठकमा के–के एजेण्डा राख्ने भन्ने विषयमा हाल छलफल भइरहेको छ । ‘बैठक ५ गतेपछि मात्रै आह्वान हुन्छ । बैठकमा के–के एजेण्डा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ महामन्त्री पौडेलले भने ।
    जिल्ला र प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको नेपाली कांग्रेसले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट ती दुवै तहका अधिवेशनको मिति तोक्ने पार्टी सभापति गगन थापाले सार्वजनिक रूपमै बताइसकेका छन् ।

    छठ पर्वका अवसरमा आफू प्रतिनिधि सभा निर्वाचन लडेको सर्लाही–४ पुगेका सभापति थापाले आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाउने र त्यसले जिल्ला तथा प्रदेश अधिवेशनको मिति तोक्ने बताएका थिए ।

    सभापति थापाका अनुसार पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने गरी मिति तय गरिने बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑